सांसद मनाङ्गेले हाने एन्फा कास्कीका अध्यक्षलाई झापड

कास्कीः गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै सांसद गुरुङले मिलनलाई झापड हानेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले झापड हानेका थिए ।

एन्फाका कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलिबाट छ । तर सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भने । मुख्यमन्त्री कप सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्