क्विन्टन बने दक्षिण अफ्रिकाका वानडे कप्तान

काठमाडौंः दक्षिण अफ्रिकाले एकदिवसीय खेलका लागि विकेटकिपर–ब्याट्सम्यान क्विन्टन डिकलाई नयाँ कप्तान बनाएको छ । नियमित कप्तान फाफ डुप्लेसीलाई विश्राम दिँदै २७ बर्षिय क्विन्टनलाई इंग्ल्याण्ड विरुद्धको वानडे सिरिजका लागि दक्षिण अफ्रिकाले कप्तान बनाएको हो ।

डिककले दक्षिण अफ्रिकाका लागि हालसम्म ११५ म्याचमा ४ हजार ९ सय ७ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले १४ शतक र २४ अर्धशतक बनाएका छन् ।

दक्षिण अफ्रिकाले इङल्याण्ड विरुद्धको सिरिजमा ५ नयाँ खेलाडीलाई मौका दिएको छ । टिममा लुथो सिपाम्ला, किल भेरेन्ने, सिसंडा मगाला, जेन्नेमान मलान र बिजोर्न फर्च्युन डेभ्यु नयाँ अनुहारका रुपमा देखिएका छन् । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको तीन खेलकाे वानडे सिरिज ४ फेब्रुअरीदेखि सुरु हुनेछ ।

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको १५ सदस्यीय टोलीः क्विन्टन डीकक (कप्तान), रीजा हेन्ड्रिक, तेम्बा बबुमा, रस्सी भान डेरड्यूसन, डेविड मिलर, जोन जोन स्मट्स, एन्डील फेहलुकवायो, लुंगी एन्गीडी, तबरेज शाम्सी, बेउरान हेन्डरिक, लुथो सिपाम्ला, किल भेरेन्ने, सिसंडा मगाला, जेन्नेमान मलान र बिजोर्न फर्च्युन ।

कमेन्ट गर्नुहोस्