काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा तितेकरेला प्रतिकिलोग्राम ११० देखि १२० रुपैयाँसम्ममा विक्री भइरहेको छ। जब कि, तरकारीको राजा भनिने आलुको भाउ चाहिँ ५० रुपैयाँ प्रतिकिलो छ।
आज ठूलो गोलभेडा ५० देखि ६०, रातो आलु ४८ देखि ५०, भारतीय सुकेको प्याज ११० देखि ११५ र गाजर ४० देखि ४५ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहेको छ। यस्तै बन्दा ३५ देखि ४०, स्थानीय काउली २० देखि ३०, सेतो मूला २० देखि २५ र भण्टाको मूल्य ५० देखि ६० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
समितिका अनुसार आज कालीमाटीमा मटरकोसा ६५ देखि ७०, घिउसिमी ६० देखि ७० र टाटे सिमी ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।