त्रिकोणात्मक सिरिजः ओमानद्वारा टोली घोषणा

काठमाडौंः माघ २२ गतेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका विरुद्धको त्रिकोणात्मक सिरिजका लागि ओमानले टोली घोषणा गरेको हो ।

ओमान क्रिकेट संघले आज जिसान मक्सुदको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यो प्रतियोगिताका लागि पनि ओमानले यसअघि नामिविया विरुद्धको सिरिजमा खेलेका खेलाडीलाई नै मौका दिएको छ ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने

त्रिकोणात्मक सिरिज खेल्ने ओमनको टीमः जिसान मक्सुद ९कप्तान०, अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमेद फैज बुट, कलिमुल्ला, बिलाल खान छन ।

टिम अफिसियलमा ब्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलंकन दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन् ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपालको १०० रन पूरा, पारसको आक्रामक ब्याटिङ

कीर्तिपुर क्रिकेट मैदानमा माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा ओमानले पहिलो खेल नेपालसँग खेल्नेछ । प्रतियोगितामा कुल ६ खेल हुनेछन । जसमा हरेक टिमले दुई दुई खेल खेल्नेछन ।

प्रतियोगिताको अंक तालिकामा ओमान आठ अंकका साथ चौथो स्थानमा रहेको छ । ओमान टिम प्रतियोगिता भन्दा तीन दिन अगाडि काठमाडौं आइपुग्ने बताइएको छ । जारी लिगमा ओमानले ८ खेलमा चार जित दुई हार ब्यहोरेको छ ।

कमेन्ट गर्नुहोस्