खेलाडीले चोरी गर्दा जापानले पायो विश्वकप खेल्ने मौका !

काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा जापान पनि खेल्दै छ । धेरैलाई जिज्ञासा लाग्न सक्छ, जापान कसरी विश्वकप खेल्दै छ ? जापान विश्वकप खेल्न पाउनको रहस्य चाखलाग्दो छ ।

एउटा घटनाका कारण जापानले यू–१९ विश्वकपमा मौका पाएको हो । जापानले पूपुवा न्यू गिनीको एक गल्तीका कारण विश्वकप खेल्ने मौका पाएको हो । यदि पपुवा न्यूगिनीले उक्त गल्ती नगरेको भए जापानले विश्वकप खेल्ने अवसर पाउने थिएन । एक गल्तीका कारण पपुवा भने नवौंपटक विश्वकप खेल्ने मौकाबाट चुक्यो ।

याे पनि पढ्नुस  नेपाल एयरलाइन्सको जापानमा चौथो उडान

गत वर्ष पपुवा न्यूगिनी र जापान क्रिकेट टीमबीच क्षेत्रिय क्वालिफायरको फाइनल थियो । फाइनल खेल सुरु हुनु केही घण्टा पहिले पपुवा न्यूगिनीका १० खेलाडी टोकियोको उत्तरी क्षेत्रमा पसल चोरी गर्ने क्रममा समातिन पुगे । यो घटनापछि पपुवा न्यूगिनी क्रिकेट संघले पूरै टीमलाई बर्खास्त गरेको थियो । खेलाडी कारवाहीमा परेपछि पपुवा न्यूगिनीले म्याच नखेल्ने निर्णय गर्‍यो । उसको यो निर्णयले जापानले पहिलोपटक विश्वकप खेल्ने मौका पायो ।

विश्वकपमा जापानको खराब कीर्तिमान
पहिलोपटक यू–१९ विश्वकप खेल्ने मौका पाएको जापानी टीम आफ्नो दोस्रो खेलमा भारतबिरुद्ध ४१ रनमै समेटिन पुग्यो । यू–१९ विश्वकपको इतिहासमा जापानको यो दोस्रो कम रन हो ।

याे पनि पढ्नुस  जापान जाने भाषा परीक्षामा सहभागी हुन गोलाप्रथा जित्नुपर्ने !

टस हारेर ब्याटिङको मौका पाएको जापानले २२.५ ओभरमा सबै विकेट गुमाएर ४१ रन बनायो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । जसमा उसका पाँच जना खेलाडीले खाता खोल्न सकेनन् । जापानका लागि शु नोगुचीले सर्बाधिक ७ रन बनाए ।

याे पनि पढ्नुस  विश्वकप फुटबलः आज पनि तीन खेल, को-कोबीच हुनेछ भिडन्त ?

बलिङमा भारतका रवि विश्नोईले चार, कार्तिक त्यागीले ३, आकाश सिंहले २ र विद्याधर पाटिलले एक विकेट लिए । यो खेलमा भारत १० विकेटले विजयी भएको थियो । जापानको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

यू–१९ विश्वकपमा कम स्कोरमा समेटिने कीर्तिमान स्कटल्यान्डको नाममा रहेको छ । सन् २००४ को यू–१९ विश्वकपमा स्कटल्याण्ड अष्ट्रेलिया बिरुद्ध २२ रनमा समेटिएको थियो । यस्तै क्यानडा र बंगलादेश समान ४१ रनमा अलआउट भएका थिए ।

कमेन्ट गर्नुहोस्