बिग बास लिगः दोस्रो ओभरमा पिटिए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत एडिलेट स्टाइकर्स विरुद्धको खेलमा मेलबर्न स्टार्समा आवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने आफ्नो दोस्रो ओभरमा १३ रन खर्चिएका छन् । उनले दोस्रो ओभरमा एक छक्का र एक चौकासहित बिनाविकेट १३ रन दिएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमा ५ रन मात्र खर्चिएका थिए । उनले २ ओभर बलिङ गर्दा बिनाविकेट १८ रन दिइसकेका छन् ।

आज मेलबर्नले टस जितेर बलिङ रोजेको हो । एडिलेटविरुद्ध मेलबर्नको नेतृत्व आज पीटर ह्यान्सकम्बले गरिरहेका छन् । नियमित कप्तान ग्लेन म्याक्सवेलको साथीको निधनका कारण आजको खेलमा म्याक्सवेलले पीटरलाई कप्तानको जिम्मेवारी दिएका हुन् । प्लेइङ ११ मा भने म्याक्सवेल पनि उपलब्ध छन् ।

एडिलेटविरुद्ध मेलबर्नको प्लेइङ ११ः मार्कस स्टोइनिस, निक म्याड्सन, निक लार्किन, ग्लेन म्याक्सवेल, पीटर ह्याड्सकोम्ब (कप्तान), सन्दीप लामिछाने सेब गोच, क्लिन्ट हिन्चलिफ, एडम जम्पा, डान वरवल र लान्स मोरिस ।

टी–२० मा सन्दीपको शतक बन्ने सम्भावना

जारी संस्करणमा पनि सन्दीपले राम्रै प्रदर्शन गरिरहेका छन् । उनले ११ म्याच खेल्दा १४ विकेट लिएका छन् । र, सन्दीप सर्बाधिक विकेट लिनेको सूचीमा बुधबार बिहानसम्म ‘टप–५’मा कायमै छन् ।

यदि एडिलेटविरुद्ध आज २ विकेट लिनसके टी–२० क्रिकेटमा सन्दीपको शतक पूरा हुनेछ । उनले हालसम्म टी–२० ९८ विकेट आफ्नो नाममा बनाएका छन् ।

कमेन्ट गर्नुहोस्