बाराः शौच गर्न गएकी महिलालाई गत आइतबार बलात्कार गरेको आरोपमा वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–६ का सचिव बलिराम मण्डल रहेको हो ।
घरबाट बाहिर खेतमा शौच गर्न जाँदै गरेको अवस्थामा वडा सचिव मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट मण्डललाई पाँच दिन म्याद थपगरि घटनाबारे थप अनुसन्धान शुरू गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।