बीबीएलः यस्तो रह्यो आज सन्दीपको तेस्रो ओभर

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत एडिलेट स्टाइकर्स विरुद्धको खेलमा मेलबर्न स्टार्समा आवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने आफ्नो तेस्रो ओभरमा ६ रन खर्चिएका छन् । उनले तेस्रो ओभरमा एक चाैकासहित बिनाविकेट ६ रन दिएका हुन् । सन्दीपले ३ ओभर बलिङ गर्दा बिनाविकेट २४ रन दिइसकेका छन् ।

आज मेलबर्नले टस जितेर बलिङ रोजेको हो । एडिलेटविरुद्ध मेलबर्नको नेतृत्व आज पीटर ह्यान्सकम्बले गरिरहेका छन् । नियमित कप्तान ग्लेन म्याक्सवेलको साथीको निधनका कारण आजको खेलमा म्याक्सवेलले पीटरलाई कप्तानको जिम्मेवारी दिएका हुन् । प्लेइङ ११ मा भने म्याक्सवेल पनि उपलब्ध छन् ।

एडिलेटविरुद्ध मेलबर्नको प्लेइङ ११ः मार्कस स्टोइनिस, निक म्याड्सन, निक लार्किन, ग्लेन म्याक्सवेल, पीटर ह्याड्सकोम्ब (कप्तान), सन्दीप लामिछाने सेब गोच, क्लिन्ट हिन्चलिफ, एडम जम्पा, डान वरवल र लान्स मोरिस ।

कमेन्ट गर्नुहोस्