बिग बास लिगः मेलबर्नले पायो १६३ रनको लक्ष्य, सन्दीप विकेट लिन असफल

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा एडिलेड स्टाइकर्सले मेलबर्न स्टार्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको एडिलेटले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

उसका लागि जोनाथन वेल्सले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ५५ रनको योगदान दिए । यस्तै एलेक्स क्यारीले ३३, फिलिप साल्टले २२, ज्याक वेर्थल्याण्डले १५, म्याथ्यू सर्टले अविजित २३ रन बनाए ।

बलिङमा मेलबर्नका क्लिन्ट हिन्चलिफले ३ र ग्लेन म्याक्सवेलले एक विकेट लिए । एडिलेटविरुद्ध मेलबर्नका महत्वपूर्ण स्पिनर सन्दीप लामिछाने र एडम जम्पा विकिटविहीन रहे । ३ ओभर बलिङ गर्न पाएका सन्दीपले बिनाविकेट २४ रन दिए । जारी सिजनमा सन्दीप विकेविहीन भएको यो तेस्रो खेल हो ।  जम्पाले आज ४ ओभरमा बिनाविकेट ३८ रन खर्चिन पुगे ।

एडिलेटविरुद्ध मेलबर्नको नेतृत्व आज पीटर ह्यान्सकम्बले गरिरहेका छन् । नियमित कप्तान ग्लेन म्याक्सवेलको साथीको निधनका कारण आजको खेलमा म्याक्सवेलले पीटरलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।

एडिलेटविरुद्ध मेलबर्नको प्लेइङ ११ः मार्कस स्टोइनिस, निक म्याड्सन, निक लार्किन, ग्लेन म्याक्सवेल, पीटर ह्याड्सकोम्ब (कप्तान), सन्दीप लामिछाने सेब गोच, क्लिन्ट हिन्चलिफ, एडम जम्पा, डान वरवल र लान्स मोरिस ।

कमेन्ट गर्नुहोस्