कोरोना भाइरसः ९ को मृत्यु, चार सय ४० जना पीडित

बेइजिङः चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ)का कारण सिर्जित निमोनियाबाट चार ४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ ।

यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ र मृत्यु हुनेहरु सबै मध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताए ।

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मङ्गलबार मात्र एक सय ४९ जनामा भाइरस देखिएको पुष्टी भएको जानकारी दिए । विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ ।

याे पनि पढ्नुस  संक्रमित युवतीसँगै आएका ३३ जनामा कोरोना संक्रमण देखिएन

चिनियाँ अधिकारीहरुले कूल दुई हजार एक सय ९७ को विशेष निगरानी गरिएको र तीमध्ये एक हजार तीन ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये सात सय ६५ जनालाई डिस्चार्ज गरिएको छ ।

उपनिर्देशक लीले यस भाइरसबाट सङ्क्रमणको घटना निकै बढेको देखिएको बताए । उनले नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरुको संख्या देखिएको हुन सक्ने बताए ।

याे पनि पढ्नुस  पूर्वगोर्खा सैनिकको हिँड्दाहिँड्दै ढलेर निधन

विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा सङ्क्रमण हुने बताएका छन् । आयोगले जनवरी २० देखि नै पुष्टि भएका घटनाहरूको संख्या र सम्भावित सङ्क्रमितहरूका बारेमा दैनिक विवरण सार्वजनिक गर्दै आएको छ । विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको सङ्क्रमणबाट सतर्क रहन आह्वान गरेका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा !

भाइरसको फैलावट रोक्न सरकारले कडा कदम चालेको छ । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा थर्मल डिटेक्टर जडान गरिएको छ भने शहरका तीन प्रमुख रेलवे स्टेशनहरूमा २० थर्मल डिटेक्टर स्थापना गरिएको छ ।

उनले सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको उहानतर्फका अनावश्यक प्रवेश र बाहिरिनेक्रममा कडाई गरिने बताए । रासस

कमेन्ट गर्नुहोस्