बिग बास लिगः सन्दीपको टिमको लगातार दोस्रो हार

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत एडिलेड स्टाइकर्सविरुद्ध मेलबर्न स्टार्स ११ रनले पराजित भएको छ ।

एडिलेडले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० अ‍ेभरमा ८ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान पीटर ह्यान्सकम्बले अर्धशतक बनाए । उनले ३९ बलमा ६ चौका र२ छक्काको मद्दतमा अविजित ६५ रन बनाए ।

याे पनि पढ्नुस  सन्दीपलाई आज इतिहास रच्ने मौका, पूरा गर्न सक्लान् सपना?

यस्तै ग्लेन म्याक्सवेल, निक लार्किनले १९–१९ र सेब गोचले १० रन बनाए । अन्य खेलाडीले भने आज दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा एडिलेडका पीटर सिड्डलले ४, वेस अगरले २, राशिद खान र माइकल निसरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

याे पनि पढ्नुस  बीबीएलः क्रिस लिनको टिमले दियो होबार्टलाई २१३ रनको लक्ष्य

उसका लागि जोनाथन वेल्सले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ५५ रनको योगदान दिए । यस्तै एलेक्स क्यारीले ३३, फिलिप साल्टले २२, ज्याक वेर्थल्याण्डले १५, म्याथ्यू सर्टले अविजित २३ रन बनाए ।

बलिङमा मेलबर्नका क्लिन्ट हिन्चलिफले ३ र ग्लेन म्याक्सवेलले एक विकेट लिए । एडिलेटविरुद्ध मेलबर्नका महत्वपूर्ण स्पिनर सन्दीप लामिछाने र एडम जम्पा विकिटविहीन रहे । ३ ओभर बलिङ गर्न पाएका सन्दीपले बिनाविकेट २४ रन दिए । जारी सिजनमा सन्दीप विकेविहीन भएको यो तेस्रो खेल हो ।  जम्पाले आज ४ ओभरमा बिनाविकेट ३८ रन खर्चिन पुगे ।

याे पनि पढ्नुस  बीबीएलः मेलबर्नलाई बलिङको मौका, आज पनि प्लेइङ ११ मा अटाए सन्दीप

मेलबर्नले आफ्नो १४ औँ म्याच शनिबार खेल्ने छ । मेलबर्नले आफ्नो १३ औँ म्याचमा ब्रिसबेन हिटको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्