काठमाडौंः गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको बताएका छन् ।
उनले गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेको बताए ।
बुधबार पोखरामा पत्रकारसम्मेलन गरेर मनाङेले भने, ‘यो मान्छे नामुद ठग रहेछ । ठगलाई सबक सिकाउन झापड हानेको हुँ ।’ उनले अगाडि थपे, ‘हिजो भेटेको भए एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई हान्थेँ । आज रिस मरिसक्यो ।’