धनगढीको जुगेडामा फुटबल प्रतियोगिता हुने

धनगढीः धनगढीको जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा वानस्टप अटोमावोईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । आउँदो माघ ११ गतेदेखि मनकामना युवा क्लबको खेल मैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

गत बर्ष महिला तथा पुरुष फुटबल प्रतियोतिाको पहिलो संस्करण सम्पन गरेको मनकामना युवा क्लबले यस बर्ष पनि माघ ११ गतेदेखि महिला तथा पुरुष फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजनाको तयारीमा जुटेको आयोजक मनकामना युवा क्लबका अध्यक्ष डबल थापाले बताए ।

प्रतियोगितामा पुरुष तर्फ १६ तथा महिला तर्फ ६ वटा टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा पुरुषतर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने मनकामना युवा क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको छ ।

कमेन्ट गर्नुहोस्