डेढ करोड बढी मूल्य पर्ने ६३४ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौंः ६३४ थान मोबाइलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी घर भइ काठमाडौं–३४ बस्ने ४० वर्षका उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर–१ घर भएका ३५ वर्षमा ईन्द्र बहादुर कटुवाल रहेका छन् ।

उनीहरू भारतीय नम्बर प्लेटको कारमा भैरहवाबाट काठमाडौं आउँदै थिए । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरूलाई नागढुंगाबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ओप्पो, आइफोन, भीभो, नोकियालगायतका १८ ब्राण्डका ६३४ थान मोबाइल बरामद गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र वोगटीले जानकारी दिए । मोबाइलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरिएको हो । मोबाइलहरूको अनुमानित बजार मुल्य एक करोड ५० लाख रूपैयाँ रहेको बुझिएको छ ।

साथै उनीहरूको साथबाट एलइडी टच स्क्रिन ८६ थान समेत बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्