प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

पोखराः प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले जाहेरी दिएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा उद्घाटनअघि मनाङेले गुरुङलाई झापड हानेका थिए । मनाङेले गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको बुधबार पत्रकार सम्मेलन गरेर बताएका थिए । साथै उनले उनले हिजो भेटेको भए एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई झापड हान्ने प्रतिक्रिया दिएका थिए ।

सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

मनाङेले गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको बुधबार पत्रकार सम्मेलन गरेर बताएका थिए । साथै उनले उनले हिजो भेटेको भए एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई झापड हान्ने प्रतिक्रिया दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्