कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते

सुर्खेतः कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते वस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको बैठक पहिलो पटक वस्न लागेको हो ।

परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा वस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका वारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकायाले जानकारी दिए ।

कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व.२०७६/७७–२०८०/८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन् । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरुको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।

कमेन्ट गर्नुहोस्