उदितनारायण झाले गाए पहिलो नेपालभाषाको गीत

काठमाडौंः बलिउडका चर्चित गायक उदितनारायण झाको नेपालभाषा (नेवारी)मा पहिलो गीत हालै सार्वजनिक भएको छ ।

गीतमा गायिका दीपा महर्जनले गायक झालाई ‘छंगु जिगु माया रतन’ बोलको गीतमा साथ दिएका छन् । सो गीत नेपालभाषामा मेलोडी क्विनको उपनाम पाएकी गायिका महर्जनको ‘सरप्राइज एल्बम’मा समावेश गरिएको छ

याे पनि पढ्नुस  सलमान बलिउडमा डेब्यू गरेको ३० वर्ष पूरा !

यही गीतको बोलमा नेपालभाषामा ‘छंगु जिगु माया रतन’ चलचित्र बन्न लागेको गायिका महर्जनले जानकारी दिइन् । एल्बम सरप्राइजमा गायिका महर्जनका चारवटा एकल गीत, झा र यमन श्रेष्ठसँग दुईवटा गरी छवटा गीत समावेश गरिएका छन् ।

कमेन्ट गर्नुहोस्