अन्नपूर्णमा आधार शिविरमा हराएका पर्यटक खोज्दै सेना

काठमाडौंः अन्नपूर्ण आधार शिविरमा हराएका विदेशी र नेपाली नागरिकको नेपाली सेनाले खोजीकार्य जारी राखेको छ ।

अन्नपूर्ण पदमार्गको हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपाली गाइडलाई पोखरास्थित श्री सेकेण्ड रेञ्जार गणका गणपति सहितको उद्धार टोलीले खोजीकार्य जारी राखेको हो ।

उद्धार टोलीलाई सेनाको इक्केरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा रहेको देउरालीसम्म र्पुयाएर उक्त हेलिकोप्टर पोखरा विमानस्थलमा रहेको छ ।

सेनाको उद्धार टोलीले हिमपहिरोमा पुरिएको भनिएको स्थानमा करिब ६ मिटरसम्म खनेको थियो । हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ । त्यस्तै नेपाली गाईडहरु पुरिएको भन्दै मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ ।

सेनाको उद्धार टोलीसँगैहराइरहेका नेपाली गाईडका दुई जना आफन्तहरुले उद्धार कार्यमा सहयोग गरिरहेका छन् । शुक्रबारदेखि हराइरहेको उनीहरुबारे प्रहरीलगायत अन्यले पनि खोजी जारी राखेका छन् ।

कमेन्ट गर्नुहोस्