नयाँ टी–२० वरियता सार्वजनिक, नेपाल कति औँ स्थानमा?

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नयाँ टी–२० बरियतामा नेपाल १२ औँ स्थानमा कायमै रहेको छ । पछिल्लो पटक कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालको बरियतामा असर परेको छैन ।

नयाँ वरियता अनुसार नेपालको २४ खेलमा १ सय ९२ रेटिङ छ । अघिल्लो महिनाको बरितामा पनि नेपाल यही स्थानमा रहेको थियो । नेपालको अहिलेसम्मको उच्च बरियता ११ स्थान रहेको छ ।

विश्व वरियतामा भने पाकिस्तान शीर्ष स्थानमा छ । यस्तै ब्यक्तिगत तर्फ ब्याटिङमा नेपालका पारस खड्का ६० औं स्थानमा छन् । अलराउण्डतर्फ पारस २ स्थान तल झर्दै २५ बाट २७ औं स्थानमा पुगेका छन् ।

सोमपाल एक स्थान सुधार गर्दै ६७ औं स्थान छन् । करण केसी अलराउण्डरतर्फ एक स्थान तल झर्दै ७६ औं स्थानमा छन् । बलिङमा सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै ८३ औं स्थानमा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्