यी तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

काठमाडौंः सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

याे पनि पढ्नुस  व्यवसायीसँग पैसा असुलेर उखु किसानको खातामा पठाइयोस्ः युवा नेता रमेश मल्ल

मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ । मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ ।

‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो । लुम्बिनी चिनी उद्योगका सञ्चालक सम्पर्कमा पनि आएका छैनन्,’ बुधवार मन्त्रालयमा गरिएको विशेष पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।

याे पनि पढ्नुस  उद्योमन्त्री भट्टको चेतावनीपछि चिनी उद्योगी सम्पर्कमा, उखु किसानको रकम तिर्ने

उखु किसानहरूले १४ चिनी मिलबाट रू। १ अर्ब १६ करोडभन्दा बढी बक्यौता पाउन बाँकी छ । यद्यपि, स्वयम् मन्त्रालयसँगै यसबारेमा यकिन तथ्यांक भने छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्