रोनाल्डोको गोल, युभेन्ट्स सेमिफाइनल प्रवेश

काठमाडौंः युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा रोमालाई ३–१ गोल अन्तरले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको हो । घरेलु मैदानमा खेलको २६ औँ मिनेटमा गोन्जालो हिगुईनको क्रसमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

याे पनि पढ्नुस  रोनाल्डोको २ गोलमा युभेन्ट्सको शानदार जित

खेलको ३८ औँ मिनेटमा रोड्रिगो बेन्टनकुरले गोल गर्दै युभेन्ट्सको अग्रता २–० को बनाए । पहिलो हाफको इन्जुरी समयमा लियोनार्दो बोनुचीले गोल गर्दा पहिलो हाफमा युभेन्ट्स ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा युभेन्ट्सले एक आत्मघाती गोल गर्यो । खेलको ५० औं मिनेटमा रोमाका अण्डर्सको प्रहार पोस्टको क्रस बारमा लागेर फर्कदै गोलकिपर बुफोनलाई लागेर गोल भएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेन र युभेन्ट्स ३–१ ले विजयी भयो । अब युभेन्ट्सले एसी मिलान र टोरीनोबीचको विजेतासँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्