कोरोनाभाइरसका कारण चीनको वुहानमा सबै उडान, रेल र बस पनि सेवा बन्द

एजेन्सीः चीनमा देखिएको खतरनाक कोरोनाभाइरसको संक्रमण फैलन नदिन वुहान शहरका सवै सार्वजनिक यातायात र उडान स्थगित गरिएको छ । वुहानमा देखिएको श्वासप्रश्वास सम्बन्धी कोरोनाभाइरसबाट १७ जनाको मृत्यु भएको छ भने पाँच सय बढी प्रभावित बनेका छन् ।

यो संक्रमण वुहानमा एक जनावरबाट शुरु भएको अनुमान गरिएको छ । भाइरसको संक्रमण फैलिन थालेपछि चिनियाँ सरकारले वुहान शहरका दशौं लाख मानिसलाई अत्यावश्यक बाहेक शहर नछोड्न निर्देशन दिएका छन् । भाइरसकै कारण वुहानमा रहेकाहरु नयाँ वर्ष मनाउन घर फर्कन नपाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्