सेक्स नचाहने (असेक्सुएल) एउटी युवतीको जीन्दगी

काठमाडौं, स्टाइलिस लुगामा सजिएर हाँस्दै मुस्कुराउँदै गरेकी सन्ध्यालेआफ्नो उमेर ४० वर्ष बताईंरहँदा शुरुमा त पत्यार नै लाग्दैन ।
“तपाई त मुश्किलले ३० वर्षे देखिनुहुन्छ, ४० वर्ष त कल्पना पनि गर्न सकिन्न, के हो यसको रहस्य ?

सन्ध्या हाँस्दै भन्छिन्, “नो ब्वाईफ्रेण्ड, नो हजब्याण्ड, नो फेम्ली, नो टेन्सन”

उनी हुन सन्धा बन्सल । एउटा प्रसिद्ध मार्केटिङ कम्पनीमा कार्यरत युवती । अहिले भने दिल्ली(एनसीआरको भाडाको फ्लैटमा एक्लै बस्छिन्।

उनी एक्लै छिन, किनभने उनी असेक्सुअल हुन र उनले विवाह गरेकी छैनन् । परिवारका बारेमा उनको धारणा बिल्कुलै फरक छ ।

तर कुरा जब सेक्सम्म पुग्यो, म निकै असहज बन्न पुगेँ । मलाई मेरो शरीरले यो स्वीकार गर्न सक्दैन जस्तो लाग्यो । मानौं कि मलाई सेक्सको आवश्यकता नै छैन जस्तो भयो ।

असेक्सुएल त्यस्ता मानिसहरुलाई भनिन्छ, जसले सामान्यतः कुनै पुरुष या महिलाप्रति आकर्षणको अनुभू ितगर्दैनन् । यो एक किसिमको यौन रुझान या सेक्सुअल ओरिएन्टेसन हो ।

पहिचान र परिवारको संघर्ष

सन्ध्याले परम्परागत पारिवारिक ढाँचामा आफ्नो पहिचानलाई हराउन चाहँदिनन् ।

सुखी परिवारका लागि पति पत्नी र बच्चा हुनैपर्ने कुरा पनि उनले मान्दिनन् । परिवारका लागि हरेक व्यक्तिको आफ्नो बेग्लै परिभाषा हुने उनको धारणा छ ।
विगत कोट्याउँदै सन्ध्या भन्छिन्– २३–२४ वर्षको उमेरमा मभित्र केही फरक भएको अनुभूति मैले गर्न थालेँ । त्यतिबेला मेरो सहपाठीहरु ब्वाइफ्रेण्ड बनाउन थालेका थिए । उनीहरु केटाहरुसँग डेट गर्थे र रिलेशनसीपमा गइरहेका थिए । तर मलाई भने यस्तो केही अनुभूति नै भएन ।

त्यसो त उनलाई कुनै केटा मन नै नपरेको भने होइन ।

“त्यो उमेरमा मलाई एकजना युवक निकै मन पथ्र्यो ।” उनी भन्छिन्, “मलाई उसको साथ निकै प्यारो लाग्थ्यो । सँगै रहँदा उसका आकांक्षाहरु बढन थाले र यो स्वभाविकै थियो पनि । तर कुरा जब सेक्सम्म पुग्यो, म निकै असहज बन्न पुगेँ । मलाई मेरो शरीरले यो स्वीकार गर्न सक्दैन जस्तो लाग्यो । मानौं कि मलाई सेक्सको आवश्यकता नै छैन जस्तो भयो ।

हरेकचोटी सम्बन्धहरु शारिरिक सामिप्यतामा पुग्ने बेला उनी पछाडि हटन थाल्थिन । उनले यो कुरा साथीहरुसँग भन्दा उनीहरुले डाक्टरकहाँ जान सुझाव दिए ।

त्यसो त सेक्सलाई लिएर सन्ध्याको मनमा कुनै डर थियो भन्ने पनि थिएन । र, सेक्स नहुँदा जीवनमा केही कमी भएको पनि उनले अनुभूति गरिनन् ।
उनी भन्छिन, “म सम्बन्धमा रोमान्टिक झुकाव त राख्थेँ तर मलाई कसैप्रति नि यौन आकर्षण भने भएन । जुन युवकसँग मैले प्रेम गर्थेँ, उसको हात समातेर हिँडन त राम्रो लाग्थ्यो, उसलाई अँगालोमा बाँध्नु, उससँग समय बिताउनु… यो सबै राम्रो लाग्थ्यो । तर सेक्सको बेला भने मलाई अप्ठ्यारो हुन्थ्यो । मेरो शरीरले रेस्पोन्स (प्रतिक्रिया) दिन नै बन्द गथ्र्यो ।

सन्ध्यासँग यस्ता अनुभव कैयनपटक भए । हरेकचोटी सम्बन्धहरु शारिरिक सामिप्यतामा पुग्ने बेला उनी पछाडि हटन थाल्थिन । उनले यो कुरा साथीहरुसँग भन्दा उनीहरुले डाक्टरकहाँ जान सुझाव दिए ।

सन्ध्या भने डाक्टरकहाँ जानु अघि यो बारेमा अझै बुझ्न चाहन्थिन । त्यसका लागि उनले इन्टरनेट र सेक्सुआलिटीका बारेमा जानकारी दिने बिभिन्न वेभसाईटको सहारा लिइन । सामाजिक सञ्जालमा असेक्सुएलिटीसँग सम्बन्धित केही समूहसँग पनि उनी जोडिइन ।

कुनै असेक्सुअल केटा मात्रै मेरो पार्टनर बन्न सक्छ भन्नेमा म पुगिसकेकी थिएँ । त्यसैले डेट गर्नु या पार्टनर खोज्ने काम नै मैले बन्द गरेँ ।”

“शुरुमा मलाई आफूभित्र गम्भीर समस्या भएको लाग्थ्यो” उनी भन्छिन्, “ आफ्नो सम्बन्ध तोडिनुमा म आफैलाई दोषी मान्न थालेकी थिएँ । तर असेक्सुयालिटीका बारेमा बुझ्दै जाँदा मैले आफैलाई स्वीकार गर्न शुरु गरेँ । मैले बिस्तारै आफूभित्र कुनै बिरामी नभएको कुरा बुझ्न थालेँ । सामाजिक सञ्जालको माध्यमबाट अरु म जस्तै असेक्सयल मानिसहरुसँग मेरो परिचयभ इो । यसरी समयक्रमसँगै म शरीर र आफ्नो असेक्सुयालिटीका बारेमा पूर्णरुपमा सहज हुन पुगेँ ।”

बन्द भयो पार्टनरको खोजी

त्यसपछि भने उनले पार्टनरको खोजी बन्द गरिन । “आफ्ना कैयन अनुभवबाट मैले के बुझिसकेकी थिएँ भने अब कुनै पुरुषसँग सम्बन्धमा बाँधिए भने फेरी एउटा बिन्दुमा गएर उनीहरुको आकांक्षा बढ्ने निश्चित नै छ । जबकि यो बीचमा म आफ्नो असेक्सुयल पहिचानलाई लिएर निकै संवेदनशील भइसकेकी थिएँ । म कुनै पनि मूल्यमा त्यससँग सम्झौता गर्न चाहँदैन थिएँ । कुनै असेक्सुअल केटा मात्रै मेरो पार्टनर बन्न सक्छ भन्नेमा म पुगिसकेकी थिएँ । त्यसैले डेट गर्नु या पार्टनर खोज्ने काम नै मैले बन्द गरेँ ।”

कस्तो परिवार चाहन्छिन् सन्ध्या ?

त्यसो भए उनले भेटिन त त्यस्तो कुनै केटा ? असेक्सुअल केटा, जोसँग उनले जिन्दगी बिताउन सक्थिन ?

“अहँ, मैले भेटिनँ”, सन्ध्या भन्छिन्, “सामाजिक मिडियामा तै कैयन भेटिए तर वास्तविक जीवनमा भने कोही पनि भेटिएनन् ।”

उनको विचारमा धेरै मानिसहरु असेक्सुअल हुन्छन् । तर सही जानकारीको अभावमा उनीहरु आफूलाई बुझ्न सक्दैनन् । “केही मानिसहरु सामाजिक र पारिवारिक दबाबका कारण सार्वजनिकरुपमा आफ्नो सेक्सुआलिटि व्यक्त गर्न सक्दैननँ र आफुभित्रै कुण्ठित बनेर बस्छन् ।”

असेक्सुअल समुदायबाट कुनै राम्रो केटा पाएमा भने पक्कै उसका बारेमा सोच्ने सन्ध्या बताउँछिन् ।

सन्ध्या भन्छिन्, “मलाई अरुका बच्चा नै प्यारा लाग्छन् । म आफ्नो बच्चा चाहन्न । तर बच्चाको इच्छा नराख्नु महिलालाई कमजोर बनाउँछ भनेर पनि म मान्दिनँ ।”

अहिले सन्ध्या एक्लै छिन् । उनी बस्ने भवनमा उनका साथी नै उनको परिवार हो ।

“हामी बेग्लाबेग्लै कोठामा बस्छौं, तर हाम्रो भान्सा साझा छ । हामी भेटछौं, कुरा गर्छौं, एक अर्काको सुखदुखमा साथ दिन्छौं । मेरा लागि यही परिवार हो । म मेरो पहिचान नै हराउने शर्तमा परिवारलाई आफूमाथि हावी भएको चाहन्नँ ।”

परिवारका बारेमा सन्ध्याको फरक बुझाई

परिवार भन्ने शब्दको उनका लागि फरक परिचय छ । उनका अनुसार, परिवारमा पार्टनर भएपनि दुबैको स्पेस (स्थान) हुनु आवश्यक छ । “मलाई लाग्छ, हामी एउटै घरमा बसौं तर हाम्रा कोठा बेग्लाबेग्लै होउन, हामी सँगै मिलेर खाना बनाउँ, तर बेग्लाबेग्लै कोठा भएपनि भावनात्मकरुपमा एक अर्काको आवश्यकता परे सँगै हुन सकियोस् ।”

आमा बन्ने सोचाई आउँदैन त सन्ध्याको मनमा ?

सन्ध्या भन्छिन्, “मलाई अरुका बच्चा नै प्यारा लाग्छन् । म आफ्नो बच्चा चाहन्न । तर बच्चाको इच्छा नराख्नु महिलालाई कमजोर बनाउँछ भनेर पनि म मान्दिनँ ।”

कतिपय साथीभाईले अहिले बिहा गरेर बच्चा नजन्माए बुढेसकालमा देखभाल कसले गर्ला भनेर सोध्ने गरेको सन्ध्या बताउँछिन् । तर यसको पनि उनीसँग आफ्नै तर्क छ । “मलाई यसरी सोध्दा म सोझो प्रश्न गर्छु

विवाह जीवनको सबैभन्दा ठूलो आवश्यकता मलाई लाग्दैन । मेरो विचारमा आफ्नो मर्जीले जीन्दगी बाँच्ने स्वतन्त्रता र मानसिक शान्ति सबैभन्दा ठूलो कुरा हो ।

के सबै बुढापाकाहरुका बच्चाले उनको रेखदेख गरेका छन र ? ”आफ्नो बुढेसकालका लागि रकम बचत गरेर राखेको उनले बताईन । साथै भोलीका दिनमा रेखदेख गर्ने कोही नहुँदा पनि स्वास्थ्यमा समस्या नहोस भनेर अहिलेदेखि नै स्वास्थ्य र फिटनेसमापनि ध्यान दिएको उनले बताईन । “म योगा गर्छु, खानपीनमा ध्यान दिन्छु, कुनै पनि निर्णय गर्दा सोच विचार गरेर मात्र गर्छु ।”

घर परिवारबाट विवाहको निकै दबाब आएपनि आफूले त्यसको सामना गर्न सकेको उनी बताउँछिन् । “अब त मानिसका सल्लाह र कटाक्ष सुन्न बन्द नै गरिसकेँ ।” उनी भन्छिन्, “म एक्लै बस्छु, पूर्णरुपमा आत्मनिर्भर छु । एक्लै लन्च र डिनरका लागि जान्छु , एक्लै सपिङ गर्छु र यहाँ सम्म कि बिरामी हुँदा डाक्टरकोमा पनि कैयनपटक एक्लै गएकी छु । विवाह जीवनको सबैभन्दा ठूलो आवश्यकता मलाई लाग्दैन । मेरो विचारमा आफ्नो मर्जीले जीन्दगी बाँच्ने स्वतन्त्रता र मानसिक शान्ति सबैभन्दा ठूलो कुरा हो ।

सन्ध्याका अनुसार, संसारमा यति धेरै जनसंख्या छ कि केही मानिसले विवाह गरेर पारम्परिक तरिकाले घरबार नगरे या बच्चा नजन्माए पनि केही बिग्रिनेवाला छैन ।

सहपाठीहरुबीच सन्ध्या

कार्यालयमा सन्ध्यासँग कस्तो व्यवहार हुन्छ त ? कतिपय मानिसलाई त ४० वर्ष पुग्दा समेत एक्लै भएको विश्वास नै हुँदैन रे । उनीहरुले सन्ध्यालाई झूटो बोलेको सोच्छन् रे । “कतिपयले भने मेरो कैयन सम्बन्ध भएको या मलाई कुनै रोग भएको पनि सोच्छन” सन्ध्या भन्छिन्, “मानिसहरु मेरो बारेमा थरीथरीका कुरा गर्छन, कतिपयले डाक्टरकोमा जाने सल्लाह पनि दिन्छन् । तर म असेक्सअल भएको न उनीहरु बुझ्न सक्छन्, न त स्वीकार्न नै ।” उनको बुझाई छ ।

समाजमा सन्ध्या जस्तै फरक यौनिक पहिचान भएका मानिसलाई मान्यता दिएमा परिवारको ढाँचा नै बिग्रिने तर्क गर्नेहरुका बारेमा सन्ध्याको आफ्नै उत्तर छ । उनी भन्छिन, “यो कुरालाई सामान्य भाषामा सम्झाउने कोशीस गर्छु । जस्तो कुनै बगैंचामा एउटै रंगका फूल हुँदैनन । कोही रातो, कोही पहेलो र कोही अरु रंगा हुन्छन । त्यही भएर त्यो बगैंचा सुन्दर लाग्छ । यसरी नै फरक फरक किसिमका मानिस भएको कारण नै हाम्रो सृष्टि पनि सुन्दर छ ।”

सन्ध्याका अनुसार, संसारमा यति धेरै जनसंख्या छ कि केही मानिसले विवाह गरेर पारम्परिक तरिकाले घरबार नगरे या बच्चा नजन्माए पनि केही बिग्रिनेवाला छैन ।

बिबिसी हिन्दीबाट साभार
अनुवादः गोकर्ण भट्ट

कमेन्ट गर्नुहोस्