हिमालय एयरलाइन्सको चोंगकिङ उडान शुरू

काठमाडौंः हिमालय एयरलाइन्सले चीनको चोंगकिङमा बिहिबारबाट उडान थालेको छ ।

बिहिबार पर्यटन मन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ गरे ।

यसले नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको सख्यामा उल्लेख्य बृद्धि हुने भट्टराईले बताए ।

यसका साथै चिनियाँ यात्रुहरूको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरू भएको छ । चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरूले त्यसमा सघाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्