एकैपटक मुम्बईका ५ खेलाडीले पाए राष्ट्रिय टिममा माैका

काठमाडौंः न्यूजिल्याण्ड ‘टूर’मा भारतीय टीममा ५ मुम्बईका खेलाडी छनोट भएका छन् । मंगलबार राति भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जारी गरेको १६ सदस्यीय टीममा मुम्बईमा बस्ने ५ खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा टीमका उपकप्तान रोहित शर्मा, पृथ्वी शा, श्रेयस अय्यर, शिवम दुबे र शार्दुल ठाकुर रहेका छन् ।

यी ५ खेलाडीले घरेलु क्रिकेटमा मुम्बईका लागि खेल्ने गर्छन् । यद्यपी उनीहरु इन्डियन प्रिमियर लिग (आइपीएल) मा भने अलग–अलग टीमबाट खेल्ने गर्दछन् । रोहित मुम्बई इन्डियन्स, पृथ्वी, अय्यर दिल्ली क्यापिटल्स, शिवम रोयल च्यालेन्जर्स बैंग्लोर र शार्दुलले चेन्नई सुपर किंग्सबाट आइपीएल खेल्ने गरेका छन् ।

राष्ट्रिय टीममा मुम्बईका ५ खेलाडी अटाएको भन्दै मुम्बई क्रिकेट एसोसियशनले खुसी व्यक्त गरेको छ । मुम्बईका अलवा न्यूजिल्याण्डसँगको वानडे सिरिजमा दिल्लीका ३ खेलाडी पनि अटाएका छन् । दिल्लीबाट टीममा विराट कोहली, ऋषभ पन्त र नवदीप सैनी रहेका छन् । न्यूजिल्याण्ड र भारतबीचको तीन खेलको एकविदसीय सिरिज ५ फेब्रुअरीदेखि सुरु हुनेछ ।

न्यूजिल्याण्डविरुद्ध वानडे सिरिज खेल्ने भारतीय पूरा टीमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शा, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे,  ऋषभ पन्त (विकेटकीपर), केदार जाधव, शिवम दुबे, कुलदीप यादव, युवेन्द्रद्र चहल, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

कमेन्ट गर्नुहोस्