बाल्टिनमा डुबेर बालिकाको मृत्यु

सर्लाहीः बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी रहेकी छन् ।

नन्दनीको खेल्ने क्रममा बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले बताए ।

कमेन्ट गर्नुहोस्