अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना, अमेरिकी चालक दलको मृत्यु

काठमाडौंः अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटनामा अमेरिकी मुलका चालक दलको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

यसअघि बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा ठूलो ‘एअर ट्याङ्कर’ (आगो निभाउन पानी बोकेको विमान) हराइरहेको बताइएको थियो ।

याे पनि पढ्नुस  कारमा आगलागी, ३ बालबालिकासहित ४ जनाको मृत्यु

विमान दुर्घटनाको कारणबारे पनि थाहा भइसकेको छैन । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) की प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताइन् ।

‘हाम्रो विचार, प्रार्थना र हार्दिक समवेदना दुर्घटनामा ज्यान गुमाएका परिवारमा जान्छ’, उनले समवेदना प्रकट गर्दै भनिन् । चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियाको मेलबर्नमा ६ हप्ते लकडाउन सुरू

अस्ट्रेलियाको जङ्गलमा लागिरहेको आगो निभाउनको लागि मद्दत गर्न ती चालक दललाई अनुबन्धन गरिएको न्यु साउथ वेल्सको रुरल फायर सर्भिसले बताएको छ । हरक्युलिस सी–१३० पानीको फोहरा फ्याँक्ने विमान आगलागी भएको क्षेत्रका लागि तैनाथ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्