कोरोना भाइरसबाट १७ को मृत्यु, ८ देशमा बिरामी भेटिए

वुहानः अप्रत्याशितरुपमा देखा परेको कोरोना भाइरसबाट चीनमा १७ जनाको मृत्यु भएको छ ।

सतर्कता अपनाउँदै चीन सरकारले वहानका सबै रेल र हवाईजहाज बन्द गरेको छ । मानिसहरुलाई काम नभई बाहिर ननिस्किन सतर्क पारिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई आपतकालिन घोषणा गर्ने या नगर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

याे पनि पढ्नुस  काेरियामा काेराेना त्रास: रेड अलर्ट जारि, चर्च रहेकाे क्षेत्रमा बढी संक्रमण (प्रान्तको डाटासहित)

वुहानबाट अन्तिम उडान आज अष्ट्रेलियाका लागि भएको जनाइएको छ । सबै यात्रुले मास्क लगाएका थिए। उनीहरुलाई कोरोना भाइरसका बारेमा जानकारी दिइएको थियो ।

वुआनमा ३१ डिसेम्बरका दिन पहिलोपटक कोरोना भाइरसको घटना फेला परेको थियो । यसअघि सन् २००२ २००३ मा सार्स भाइरसबाट चीनमा ६५० जनाको मृत्यु भएको थियो । कोरोनालाई पनि सार्स भाइरसकै श्रेणीमा राखिएको छ ।

याे पनि पढ्नुस  बढ्दो व्यापार तनाव अन्त्य गर्न चीन र अमेरिकाबीच वार्ता हुँदै

चीनमा नयाँ वर्ष तथा स्प्रिङ फेस्टिबलका कारण मानिसहरुको आवागमन बढने भएपछि बस अड्डा, रेलमा मानिसहरुको जाँच गरिन थालिएको छ

चीनका अतिरिक्त विश्वका अन्य ७ वटा देशमा समेत भाइरस देखा परेको छ । अहिलेसम्म जापान, मकाऊ, दक्षिण कोरिया, ताइवान, थाईल्याण्ड र अमेरिका मा कोरोना भाइरसको पहिचान भएको छ । थाइल्याण्डमा ४ जनामा यो संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्