परीक्षा अगावै प्रश्न र उत्तर आउटः अध्यक्षसहित ३ अख्तियारको नियन्त्रणमा

काठमाडौंः परीक्षा अगावै प्रश्न र उत्तर आउट गराएको भन्दै अख्तियारले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दैलेखको पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर–५ मा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाही, घनश्याम भण्डारी र दल बहादुर बिकलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

राहत दरबन्दी निमावि तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाएर शिक्षक छनौट गरेको अख्तियारले जनाएको छ ।

परीक्षामा सहभागी भएर छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर विकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाई खुल्न आएकोले उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्