भ्रष्टाचार सूचाकांकमा नेपालको स्थान सुधारोन्मुख

काठमाडौंः भ्रष्टाचार निवारण सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालको स्थान थोरै सुधार सुधारोन्मुख देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचाकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)–२०१९’ मा नेपाल यसपटक ११३ औं स्थानमा उक्लिएको छ ।

सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अङ्क पाएको छ । गत वर्ष १२४ औं स्थानमा रहेको थियो ।

टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको हो ।

द इकोनोमिष्ट इन्टेलिजेन्स युनिटले चुनाव प्रणाली र बहुलवाद, सरकारको काम कारबाही, राजनीतिक सहभागिता, राजनीतिक संस्कार र नागरिक स्वतन्त्रतालाई मापनको आधार बनाउने गर्छ ।

कमेन्ट गर्नुहोस्