मिसकलले बसेको माया, २० वर्षे युवाकी ६० वर्षे दुलही

एजेन्सी । विवाहमा, केटा र केटीको उमेरमा केही भिन्नता त हुन्छ नै । केटाको उमेर नै केटीकोभन्दा बढी हुन्छ । तर प्रेम सम्बन्धको मामिलामा भने जुनकुकै उमेरका दुई व्यक्तिहरु जुनसुकै अवस्थामा र कुनै पनि परिस्थितिमा एक अर्कालाई माया गर्न सक्दछन् भन्ने मान्यता रहेको छ ।

तर अझै पनि उमेरको हकमा एउटा हद या सीमाको भने कल्पना गरिन्छ नै । भारतको मुरादाबाद जिल्लाको रामपुर भन्ने ठाउँमा भने फरक फरक उमेरका दुइ जनाको प्रेम सम्बन्धका बारेमा सुन्नेहरू नै चकित भएका छन् ।

रामपुरको सईदनगरका एक जना २० वर्षीय युवाले ६० वर्षीय महिलासँग विवाह गरेको घटना अचेल त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ । भारतीय राज्य उत्तर प्रदेशको हरदोई भन्ने जिल्ला निवासी उक्त युवक र ती महिलाको प्रेमकहानी विवाहको रूपमा सुखद अन्त्य भएको भएपनि यस घटनाले दुवै परिवारहरू लगायत टोलछिमेकका लागि चर्चाको विषय उपलब्ध गराइदिएको छ ।

मिसकलले बसेको माया

सामान्यतया महिला र पुरुष एक अर्कालाई देखेर आकर्षित हुन्छन् र बिस्तारै त्यो आकर्षण प्रेममा परिणत हुने गर्दछ । तर यी महिला र ती युवाबीच प्रेमको अंकुरण गराउने माध्यम भने मिस्डकल रहेको बताइएको छ । ती युवकले अर्कै ठाउँ लगाउन खोजेको नम्बर असावधानीवश ती महिलाकोमा लाग्न गएपछि दुवै जनाबीच सामीप्यता बढेको र पछि त्यो सामीप्यता प्रेममा परिणत भएको बताइएको छ ।

कुरो दुई वर्ष अगाडिको हो ।  ती युवकले कहीं आँट नै कुरा गर्न डायल ती महिलाकोमा लाग्न पुग्छ । त्यसपछि दुवैबीच निरन्तर कुरा हुन थाल्छ र उनीहरू सँगै जिउने मर्ने कसम खाने अवस्थामा पुग्छन् ।

ती महिलाले ती युवकलाई आफ्ना पति मरिसकेको र आफूसँग १२ बिगाहा जग्गा रहेकोले आफूहरूले विवाह गरेपनि आफू युवकसँग जाननसक्ने र दुबैले महिलाकै घर रहेको ठाउँ रामपुरमा बस्नुपर्ने बताएकी थिइन् ।

महिलाको सर्त मानेर ती युवक गएको शनिबार त्यहाँ पुगेर दुबैले बिवाह गरेर सँगै बस्न थालेको दुबैले बताएका छन् । दुबैले विवाह गरेको थाहा पाएपछि ती महिलाकी छोरी माइत आएर यस विवाहको विरोध गरेकी थिइन् । उनले प्रहरीमा उजुरी दिएपनि विवाह गर्दा सबै प्रक्रिया पुगेको भन्दै प्रहरीले दुबै विरुद्ध कुनै कारवाही नगरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्