टिप्परको ठक्करबाट महेन्द्रनगरमा महिलाको मृत्यु

कञ्चनपुरः भिमदत्त नगरपालिका ४ मा बिहीबार अपरान्ह टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१६ गोबरीयाकी रमिता भट्ट रहेकी छन् ।

पूर्वपश्चिम राजमार्गमा तीब्र गतिमा आएको से १ क ८८७ नम्बरको टिप्परको पैदल हिँडेकी भट्टलाई ठक्कर दिएको थियो ।

याे पनि पढ्नुस  नाकामा कोरोनाविरुद्व लडाईं, मेयर सुरेन्द्र विष्टका एक महिना

ठक्करपछि महिलाको घटनास्थलमै ज्यान गएको थियो । चालक फरार छन् ।

कमेन्ट गर्नुहोस्