यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ३२ निर्णय (सूचीसहित)

काठमाडौंः सरकारले जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ ।

बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त कुरा जानकारी दिए । त्यस्तै, यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धाति समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको, गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने, सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३२ वटा निर्णयः

कमेन्ट गर्नुहोस्