जनकपुरः राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश २ को दलिततर्फको कोटामा नेकपाका उमेदवार राधेश्याम पासवान विजयी भएका छन् ।
नेकपा–राजपाका संयुक्त उमेदवार पासवानले समाजवादी दलका उमेदवार रामप्रित पासवानलाई पराजित गरेका हुन् । राधेश्यामले स्थानीयतर्फ १४२ मत प्राप्त गरेका छन् भने प्रदेशतर्फ ५७ मत गरी ५२९२ मतभार प्राप्त गरेका छन् ।
त्यसैगरी समाजवादीका उमेदवार रामप्रित पासवानले स्थानीयतर्फ १२८ मत र प्रदेशतर्फ ५० मत गरी ४७०४ मतभार प्राप्त गरेका छन् ।
दलिततर्फ नेकपाका राधेश्याक पासवान विजयी भएका छन् । यसअघि महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी थिइन् । अहिले अल्पसंख्यक र खुलातर्फको मतगणना भइरहेको छ । प्रदेश २ मा शतप्रतिशत मतदान भएको थियो ।