काठमाडौंः सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यक्षमा गणेशदत्त भट्ट (डडेल्धुरा)लाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । उक्त आयोगको सदस्यमा प्रचण्डराज प्रधान (काभ्रेपलान्चोक), डा.गोविन्द गौतम (दाङ), मन दाहाल (मोरङ) र विष्णु पोखरेल (बर्दिया, रहेका छन् ।
बाँस्कोटाका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी (भोजपुर), सदस्यमा विश्वप्रकाश भण्डारी (चितवन), गंगाधर अधिकारी (बागलुङ), सुनिल रञ्जना सिंह (सर्लाही) र सरिता थापा (तनहुँ) लाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
नाम सिफारिस गर्ने जिम्मेवारी पाएका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले शनिबार दुबै आयोगमा पूर्णता दिन नाम सिफारिस गरेको थियो ।