विराटभन्दा अगाडि विलियम्सनले तोड्न सक्छन् धोनीको कीर्तिमान

काठमाडौंः शुक्रबारबाट भारतले न्यूजिल्याण्डसँगको टी–२० सिरिज खेल्दै छ । तीन खेलको सिरिजको पहिलो म्याच शुक्रबार दिउँसो १२ः३५ बजेदेखि सुरु हुनेछ । क्रिकेट खेल्दा भारतीय टीमका कप्तान विराट कोहली केही न केही कीर्तिमान आफ्नो नाममा बनाएकै हुन्छन् । उनले न्यूजिल्याण्डसँगको सिरिजमा पनि विभिन्न कीर्तिमान आफ्नो नाममा बनाउने सम्भावना बढेको छ ।

कप्तान कोहलीले टी–२० मा छक्काको अर्धशतकका साथ रनमा पनि कीर्तिमान बनाउने सम्भावना छ । उनी शुक्रबार सर्बाधिक छक्का बनाउने दोस्रो कप्तान बन्न सक्ने छन् । कोहलीले हालसम्म टी–२० मा ४९ छक्का प्रहार गरिसकेका छन् । टी–२० मा सर्बाधिक छक्का प्रहार गर्ने वर्तमान कप्तानको कीर्तिमान इंग्ल्याण्डका इओन मोर्गनको नाममा छ । उनले हालसम्म ६२ छक्का प्रहार गरिसकेका छन् ।

याे पनि पढ्नुस  विराटले बनाए नयाँ कीर्तिमान, तोडियो रिकी पोन्टिङको रेकर्ड

कप्तान कोहली धोनीको रकेर्ड तोड्न सक्छन्

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा विराटले १ हजार ३२ रन बनाइसकेका छन् । कप्तानका रुपमा भारतका लागि सर्बाधिक रनको रेकर्ड महेन्द्रसिंह धोनीको नाममा छ । उनले टी–२० मा १ हजार १ सय १२ रन बनाएका छन् । धोनीभन्दा विराट ८० रनले पछि छन् ।

याे पनि पढ्नुस  विराट कोहलीले हासिल गरे नयाँ उपलब्धि

न्यूजिल्याण्डसँगको पाँच खेलको सिरिजमा विराटले ८० रनले बनाए उनले धोनीको रेकर्ड तोड्न सक्ने छन् । यो दौडमा न्यूजिल्याण्ड टीमका कप्तान केन विलियम्सन विराटभन्दा अगाडि छन् । उनले टी–२० मा १ हजार ८३ रन बनाएका छन् । र, केन २९ रनले मात्र धाेनीकाे भन्दा पछि छन् । उनले पहिलो खेलमै धोनीको कीर्तिमान तोड्न सक्ने सम्भावना बढी छ ।

याे पनि पढ्नुस  सन् २०१९ मा सर्बाधिक रन बनाउने ५ क्रिकेटर

कप्तानकोरुपमा सर्बाधिक रन बनाउने क्रिकेटर

यो सूचीको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसीस छन् । उनी १ हजार २ सय ७३ रनका साथ सूचीको शीर्ष स्थानमा छन् । यस्तै १ हजार १ सय १२ रन बनाउँदै दोस्रो स्थानमा धोनी रहेका छन् । तेस्रोमा विलियम्सन र चौथोका विराट रहेका छन् ।

कमेन्ट गर्नुहोस्