दाङः राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा विजयी भए । त्यस्तै, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् ।
शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।