महेन्द्रनगरः कञ्चनपुरमा टिपरको ठक्करबाट ज्यान गुमाएकी युवतीको सनाखत भएको छ । टिपर दुर्घटनामा बैतडीको गुरुखोला घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ गोवरीया बस्दै आएकी २० बर्षीया रमिता भट्ट रहेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको बिहीबार अपरान्ह टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको पहरीले जनाएको छ । जिल्लाको महेन्द्रनगर चम्मनचोकमा भएको उक्त घटनामा से१क ८८७ नम्बरको टिपरले साइकलमा गइरहेकी भट्टलाई ठक्कर दिएको थियो ।
घटना लगत्तै चालक फरार भएका छन् । घटनापछि महेन्द्रनगर अहिले तनावग्रस्त भएको छ।