काठमाडौंः शुक्रबारबाट बंगलादेशले पाकिस्तानसँग उसकै भूमिमा टी–२० क्रिकेट सिरिज खेल्दै छ । तीन खेलको सिरिजमो पहिलो म्याच भोलि दिउँसो २ः४५ बजेदेखि लाहोरमा सुरु हुनेछ । बंगलादेशले पाकिस्तानको भूमिमा टी–२० का साथै २ टेष्ट र एक एकदिसीय सिरिज खेल्दै छ ।
बंगलादेशी टीम सिरिज खेल्न बुधबार राति पाकिस्तानको लाहोर पुगेको थियो । १२ वर्षपछि पाकिस्तानमा सिरिज खेल्न लागेको बंगालदेशी टीमलाई कडा सुरक्षा दिइएको छ । पाकिस्तानले २०१९ मा श्रीलंकासँग खेलको सिरिजमा पनि कडा सुरक्षाको व्यवस्था गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार बंगलादेशी टीम बसेको होटल, सडक र मैदानमा कडा सुरक्षा दिएको हो । सन् २००९ को घटना नदोहोरिन बंगलादेशी टीमलाई पाकिस्तानले १० हजार प्रहरी खटाउँदै सुरक्षा दिएको विभिन्न सञ्चारमाध्यममा खबर आएका छन् ।
सन् २००९ मार्च ३ मा गद्दाफी स्टेडियम लाहोरमा जार्दै गरेको श्रीलंका क्रिकेट खेलाडी चडेको बसमा बाटोमा आक्रमण भएको थियो । उक्त घटनामा ६ सुरक्षाकर्मी, दुई नागरिकको मृत्यु हुँदा ७ श्रीलंकन खेलाडी घाइते भएका थिए ।
श्रीलंका तत्कालिन कप्तान महेला जयवर्धने, उपकप्तान कुमार संगाकारा, चामिन्डा भास, थिलन समरवीरा, थरंगा परानविताना, सुरंगा लकमल र अजन्ता मेन्डिस घाइते भएका थिए । उक्त दुर्घटनापछि लामो समयसम्म पाकिस्तानमा क्रिकेट प्रतियोगिता हुन सकेन ।
पाकिस्तानले यूएईमा आफ्नो घरेलु मैदान बनाउन पुग्यो । उक्त घटनाको ६ वर्षपछि पहिलो पटक पाकिस्तानले सन् २०१५ मा जिम्बावेसँग दुई टी–२० र तीन ओडीआई सिरिज खेलेको थियो ।
बंगलादेशको टी–२० टोलीः महमुदुल्लाह (कप्तान), तामिम इकवाल, सौम्य सरकार, नईम शेख, नज्मुल हुसैन सान्टो, लिटन कुमार दाश, मोहम्मद मिथुन, अफिम हुसैन, महेदी हसन, अमिनुल इस्लाम विप्लब, मुस्ताफिजुर रहमान, शफिउल इस्लाम, अल अमिन हुसैन, रुबेल हुसेन, हसन महम्मद ।
पाकिस्तानकाे टी–२० टोलीः बाबर आजम (कप्तान), अहसान अली, अमद बट्ट, इफ्तिखार अहमद, हरिस रउफ, इमाद वसीम, खुशदिल शाह, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद मुसा, शादाब खान, शाहीन अफ्रिदी, शोयब मलिक, र उस्मान कादिर ।