काठमाडौंः रियालिटी शो ‘द भ्वाइस नेपाल सिजन–२’ को ब्याट्ल राउण्डबाट बाहिरिका प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नयाँ गीत ‘परदेशमा’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ ।
उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियो आत्रेय प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।