डिस होमद्वारा ‘राइम्स च्यानल’ सञ्चालनमा

काठमाडौंः डिस होमले ‘राइम्स च्यानल’को सुरुवात गरेको छ । मनोरञ्जन दिने उद्देश्यका साथ डिसहोमले ‘राइम्स च्यानल’ को सुरुवात गरेको हो ।

यो च्यानल २ देखि १२ बर्षसम्मका बच्चाका लागि अत्यन्तै अन्तरक्रियात्मक रहेको डिस होमले जनाएको छ । डिस होमका अनुसार यो च्यानल ८०९ नम्बरमा गएर हेर्न सकिने छ ।

च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्दत गर्ने डिस होमले अपेक्षा गरेको छ ।

डिसहोम एक डिटिएच (डाइरेक्ट टु होम) सेवा प्रदायक कम्पनी हो।

कमेन्ट गर्नुहोस्