विवाहको ४ दिन अगाडि टिपर दुर्घटनामा मृत्यु

कञ्चनपुरः यही माघ १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिँड्दै थिइन उनी । जीवनमा एकपटक हुने विवाहका लागि उनी खुसी थिइन् । तर, विवाहको मिति नजिकिँदै गर्दा उनले यस संसार छाडिन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठक्करबाट रमिता भट्ट (रोशनी) को ज्यान गयो ।

बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका–१ गुरुखोलाकी २० वर्षीया उनको घटना स्थलमै मृत्यु भयो ।

साईकल चढेकी रमितालाई टिपरको पछाडिको चक्काले उनको टाउको किचेपछि उनको घटनास्थलमा नै ज्यान गयो ।

घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दूरी पश्चिममा भएको हो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

कमेन्ट गर्नुहोस्