टी–२० सिरिजः भारत र न्यूजिल्याण्डको पहिलो खेल आज

काठमाडौंः भारत र न्यूजिल्याण्डबीचको टी–२० क्रिकेट सिरिजको पहिलो खेल आज हुँदैछ । यी दुई टीमबीचको पहिलो टी–२० नेपाली समयअनुसार दिउँसो १२ः३५ देखि सुरु हुनेछ । पाँच खेलको सिरिजमा दुवै टीमको लक्ष्य विजयी सुरुवात हुनेछ । भारतलाई न्यूजिल्याण्डमाथि जित निकाल्न जहिल्यै पनि चुनौती हुन्छ । टी–२० क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई कमै समय मात्र हराउन सकेको छ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतविरुद्ध टस जितेर बलिङ गर्दै वेस्ट इन्डिज

न्यूजिल्याण्डको मैदानमा भारतले हालसम्म एक टी–२० सिरिज पनि आफ्नो नाममा बनाउन सकेको छैन । उसले न्यूजिल्याण्डमा १७ सेप्टेम्बर २०१७ मा पहिलो टी–२० म्याच खेलेको थियो । त्यसपछि न्यूजिल्याण्डसँग भारतको हारको श्रृंखला कायमै छ । २०१९ मा भारतले न्यूजिल्याण्डमा ६ म्याच खेलेको थियो । जसमा भारत एक खेलमा मात्र जित हासिल गर्न सफल भएको थियो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः बंगलादेशद्वारा भारतलाई १५४ रनको लक्ष्य

न्यूजिल्याण्डमा टी–२० सिरिज जित्न भारत १२ वर्षदेखि संघर्षरत छ । भारत र न्यूजिल्याण्डबीच हालसम्म ४ टी–२० सिरिज भएका छन् । जसमा दुवै देशले २–२ सिरिजको आयोजना गरेका थिए । ४ सिरिजमा भारतले एक श्रृंखला मात्र २०१७ मा आफ्नो नाममा बनाएको थियो ।

पहिलो खेलमा न्यूजिल्याण्डको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, टिम सेफर्ट, केन विलियम्सन (कप्तान) रस टेलर, कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी, स्कट कुग्लेइजन र हमीश बेनेट ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतविरुद्ध ब्याटिङ गर्दै श्रीलंका

पहिलो खेलमा भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान)  श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, नवदीप सैनी र जसप्रीत बुमराह ।

 

कमेन्ट गर्नुहोस्