न्यूजिल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै भारत, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतले टस जितेर बलिङ रोजेको छ । न्यूजिल्याण्ड र भारतबीचको पहिलो खेल दिउँसो १२ः३५ बजेदेखि सुरु हुँदैछ । पहिलो खेलमा भारतीय टीमका नियमित विकेटकीपर ऋषभ पन्तलाई विश्राम दिइएको छ । आज उनको जिम्मेवारी केएल राहुलले पाएका छन् ।

पहिलो खेलमा भारतीय टिमको प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह ।

पहिलो खेलमा न्यूजिल्याण्ड टिमको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्रान्डोम्मे, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टनर, टिम साउथी, ईश सोधी, ब्लेयर टिकनर र हमीश बेनेट ।

कमेन्ट गर्नुहोस्