सापकोटालाई सभामुख नबनाउन माग गर्दै सवोच्च अदालतमा रिट

काठमाडौंः प्रतिनिधिसभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

सापकोटालाई सभामुख नबनाउन माग गर्दै सवोच्च अदालतमा रिट दायर भएको हो । कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवार परेको छ । माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ ।

सापकोटाविरुद्ध काभ्रको छत्रबाँसका अर्जुन लामाकी श्रीमती पूर्णमाया लामाले श्रीमानको सापकोटासहितका माओवादी नेता कार्यकताले हत्या गरेको भन्दै ७ मंसिर २०६९ मा विरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्