प्रकाशको भावुक स्टाटसः ‘तेरो लागि साडी र सिन्दुर ल्याएको थिएँ, बिचमै किन छोडेर गयौं ?’

धनगढीः डेढ बर्ष अगाडी मात्रै कञ्चनपुरका प्रकास टेर र बैतडीको गुरुखोला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका गोवरीया बस्दै आएकी रमिता भट्ट (रोशनी) ले भागी विवाह गरेका थिए । भागी विवाह गरेपनि दुवै पक्षको परिवारलाई सहमतीमा ल्याउन प्रकास र रमितालाई सहज थिएन् ।

जसका कारण रमिताले प्रकासको नामको सिन्दुर समेत हाल्न सकेकी थिइनन् । भागी विवाहको डेढ बर्षपछि दुवै परिवारको सहमतीमै माघ १३ गते विवाह गर्ने निधो भयो । प्रकास र रमिताको सबैभन्दा खुसीको दिन पनि नजिकै आईरहेको थियो । उनीहरु दुवै विवाहको तयारीमा जुटेका थिए ।

याे पनि पढ्नुस  कञ्चनपुरमा फेरी बलात्कारको घटना, पुनर्वासबाट एक पक्राऊ

तर बुधवार आफ्नै विवाहको कार्ड बाडिरहेकी रमितालाई कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर दियो । टिप्परले ठक्कर दिएपछि उनी घटनास्थलमै सधैका लागि अस्ताईन् । यो घटनाले रमितासंग भागी विवाह गरेका प्रकास टेर अहिले सबैभन्दा पीडामा छन् ।

याे पनि पढ्नुस  जेहेन्दार र विपन्न विद्यार्थीका लागि भीमदत्त छात्रबृत्ति कोष

उनले आफ्नो पीडा फेसवुकमा पोख्दै लेखेका छन्, ‘तेरो लागि साडी ल्याइदिएको छु बुढी, पर्सि हाम्रो विवाह हो । का छस् छिटो आइजा ।’ उनले अगाडी लेखेका छन्, ‘मेरै लागि परिवार सहित सवथोक त्याग्यौ तर मलाई बिचमै किन छोडेर गयौं । मैले यति लामो बाटो एक्लैै कसरी हिड्ने ?’

याे पनि पढ्नुस  कञ्चनपुरमा बुवाकै आँखा अगाडि छोराको हत्या

रमिताको मृत्युपछि अहिले दुवै पक्षको परिवार शोकमा डुवेको छ । स्थानीयले बुधरवार राती सम्म महेन्द्रनगरमा प्रदर्शन समेत गरेका थिए । अहिले रमिताको शव पोष्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको छ ।

दिनेश खबर

कमेन्ट गर्नुहोस्