राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौंः राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट हुँदै उनले राजीनामा दिएको बताइएको छ । द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उनले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  दलहरू मिलेर अघि बढ्नुपर्छः राष्ट्रपति भण्डारी

सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो ।

याे पनि पढ्नुस  बंगलादेशी राष्ट्रपति हमिद काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा स्वागत

मानवअधिकार आयोगका पूर्व आयोग रहेका प्याकुरेल राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते राष्ट्रपतिको विज्ञ पदमा नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्