भोजपुरः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
इन्जिनियर तिवारीलाई शुक्रवार ६ हजार घुस रकमसहित भोजपुरको प्रधान होटलबाट अख्तियारले पक्राउ गरेको हो । इन्जिनियर तिवारी भोजपुर नगरपालिका ७ डाडा गाउमा रहेको प्रधान होटल एण्ड लजमा घुस रकम लिन पुगेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी स्याम सारु मगरको नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो ।