काठमाडौंः न्यूजिल्याण्ड क्रिकेट टीमका स्पिनर इश सोधीले भारतविरुद्ध नयाँ कीर्तिमान बनाएका छन् । उनले टी–२० क्रिकेटमा भारतविरुद्ध सर्बाधिक विकेट लिने खेलाडीको कीर्तिमान नबाएका हुन् ।
आज सिरिजको पहिलो खेलमा २ विकेट लिएसँगै सोधीले आफ्नो नाममा यस्तो कीर्तिमान बनाए । उनले आजको खेलसँगै टी–२० मा भारतविरुद्ध १३ विकेट पूरा गरेका छन् ।
यसअघि टी–२० क्रिकेटमा भारतविरुद्ध सर्बाधिक विकेट लिने खेलाडीको कीर्तिमान पाकिस्तानका उमर गुलको नाममा थियो । उनले भारतसँगको टी–२० म्याचमा ११ विकेट आफ्नो नाममा बनाएका थिए ।
सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी
न्यूजिल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । न्यूजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य भारतले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै पाँच खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।
भारतकाे जितमा केएल राहूलले ५६, कप्तान विराट कोहलीले ४५, श्रेयस अय्यरले अविजित ५८, शिवम दुवेले १३, रोहित शर्माले ७ र मनिष पाण्डेले नटआउट १४ रन बनाए । बलिङमा न्यूजिल्याण्डका इश सोधीले २, ब्लेयर टिकर र मिचेल सान्टनरले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि तीन खेलाडीले अर्धतक बनाए । न्यूजिल्याण्डका लागि कोलिन मुनरोले ६९, कप्तान केन विलियम्सनले ५१, रस टेलरले अविजित २४, मार्टिन गुप्टिलले ३० रनको योगदान दिए ।
बलिङमा भारतीय टीममा रवीन्द्र जडेजा, जसप्रीत बुमराह, युजवेन्द्र चहल, शार्दुल ठाकुरले एक–एक विकेट लिए । भारत र न्यूजिल्याण्डबीचको सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।