‘गज्जब क्रु’को पहिलो प्रस्तुति ‘मेरी पुतली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायिका मेलिना राई र हिमाल सागरको स्वर रहेको गीत ‘मेरी पुतली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेश सिंह गुरुङ, सुनिसा बजगाई, सरोज ओलीको अभिनय देख्न सकिन्छ ।

‘गज्जब क्रु’को पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको म्युजिक भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोमा अमन मानन्धरको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ ।

कमेन्ट गर्नुहोस्